७ भदौ २०८३, आइतबार 1787545786
खेलकुद

नेपाली यू–१९ टोलीलाई बिदाई

काठमाडौं । आइसिसी यू–१९ महिला विश्वकपअन्तर्गत एशिया छनोटका लागि मलेसिया जाने नेपाली यू–१९ टोलीलाई मंगलबार बिदाई गरिएको छ।

नेपाल क्रिकेट संघ ९क्यान० ले मंगलबार कार्यक्रम आयोजना गरेर बुधबार मलेसियातर्फ जाने किशोरी टोलीको बिदाई गरेको हो। टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंहलगायतले बिदाई गरेका हुन ।