३ भदौ २०८३, बुधबार 1787159364
Banner

बैतडी बस दुर्घटना : सभापति थापाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौँ । बैतडीको पुर्चौडी नगरपालिकामा भएको भयावह बस दुर्घटनाले सिंगो देशलाई स्तब्ध बनाएको छ। विवाह उत्सव मनाएर फर्किएका १३ जनाको अकल्पनीय र असामयिक निधनको खबरले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई मर्माहत तुल्याएको बताएका छन्।

यस पीडादायी घडीमा थापाले मृतकहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेका छन्।  उनले आफ्नो र पार्टीको तर्फबाट शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना समेत गरेका छन्।

एउटै गाउँ र परिवारका धेरै व्यक्तिले ज्यान गुमाउनुपरेको यो घटनाले सो क्षेत्रमा ठुलो रिक्तता पैदा गरेको छ। थापाले दुर्घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा कुनै कसर बाँकी नराख्न सरकारको ध्यानाकर्षण गराएका छन्।