३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 10:33 am
समाचार

भिरबाट लडेर एक जनाको मृत्यु

सूचना प्रेस २०८२ माघ २४ शनिबार ००:००, १०:२९ बजे १ मिनेट पढाइ

धनगढी । बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धारा बस्ने ४१ वर्षीय सन्तोष बुढाको ढाडखर्क भन्ने स्थानमा बाख्रा चराउने क्रममा भिरबाट लडेर शनिवार राति मृत्यु भएको हो।

शुक्रवार बिहानतिर बाख्रा चराउने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका उनको न्याय हेल्थ अस्पताल बयलपाटा, अछाम हुँदै थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएकोमा  चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।