१ जेष्ठ २०८३, शुक्रबार 1778882183
खेलकुद

टी–२० विश्वकप : दीपेन्द्र ऐरी आउट, नेपाललाई जित्न ३० बलमा ६० रन आवश्यक

काठमाडौं । टी–२० विश्वकप क्रिकेटअन्तर्गत इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले तेस्रो विकेट गुमाएको छ ।

१५ औं ओभरको पहिलो बलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको हो । दीपेन्द्र सिंह एरी ४४ रनमा आउट भए ।

जारी खेलमा नेपालले १५ ओभरमा ३ विकेट गुमाएर १२५ रन बनाएको छ ।

नेपाललाई जित्न अब ३० बलमा ६० रन आवश्यक छ ।