सर्लाही । गृहमन्त्री ओमप्रकाश अर्याल र मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोबीच आइतबार भेटवार्ता भएको छ ।
मधेशका गृहमन्त्री महतोको सचिवालयका अनुसार भेटमा आगामी निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था, सवारी साधनको व्यवस्थापन र सुरक्षा तयारीबारे छलफल गरिएको छ । साथै, मधेश प्रदेशको महान पर्व होलीलाई शान्तिपूर्ण र उत्साहपूर्वक मनाउने विषयमा पनि छलफल भएको थियो ।
त्यसैगरी, प्रहरी समायोजनसम्बन्धी विषयमा पनि छलफल भएको छ । मन्त्रीहरूले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै आपसी समन्वयलाई बलियो बनाउने सहमति गरेका छन् । साथै, गृहमन्त्री महतोले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग पनि भेटवार्ता गरेका छन् ।


