२७ कार्तिक २०८३, शुक्रबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 8:40 pm
राजनीति

वाईसियलका केन्द्रीय सदस्य एमालेमा प्रवेश

सूचना प्रेस २०८२ माघ २७ मंगलबार ००:००, १५:४३ बजे १ मिनेट पढाइ

दाङ । दाङ क्षेत्र नम्वर ३ का स्वतन्त्र उम्मेरदवार भरत दर्नाल एमालेमा प्रवेश गरेका छन् । उनले देशको एमालेले जिते मात्रै हुने भन्दै आफ्नो उमेद्वारी फिर्ता लिएर एमालेमा प्रवेश गरेको उनले बताए ।

उनीसँगै नेकपाको युवा संगठन वाईसियलका केन्द्रीय सदस्य लिला विक पनि एमालेमा प्रवेश गरेका छन् । प्रचण्डको छेपारे प्रवृत्तिले कम्युनिष्ट आन्दोलन नहुने भएकाले आफू एमालेमा प्रवेश गरेको उनले बताए । उनीहरूलाई एमालेका महासचिव शंकर पोखरेलले आज तुलसीपुरमा पार्टी प्रवेश गराएका हुन् ।