काठमाडौँ । कैलाली प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र लागुऔषध ब्युरोबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार अत्तरिया राजमार्गस्थित मोहनपुर चोक सडक खण्डबाट २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कञ्चनपुरको भिमदत्त नगरपालिका ६ बस्ने २५ वर्षीय शम्भु भट्ट र बैतडीको सिंगास गाउँपालिका– १ बस्ने २३ वर्षीया कविता भट्ट रहेका छन् । उनीहरूबाट ३३ ग्राम ७०० मिलिग्राम खैरो हिरोइन, १ थान एयर गन, २ थान मोबाइल र ६५ हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।


