काठमाडौं । फागुन महिनाको दोस्रो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २३ सय रुपैयाँले बढेको हो । शुक्रबार ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार चाँदी आज १५ रुपैयाँले घटेर ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।


