काठमाडौं । आईसीसी पुरुष टी– २० विश्वकपअन्तर्गत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले खराब सुरुवात गरेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले छैंटौ ओभरमै ४ विकेट गुमाएको हो ।
नेपालको ओपनर कुशल भुर्तेल पहिलो ओभरमा १ रन बनाएर तथा कप्तान रोहितकुमार पौडेल ५ रन र आशिफ शेख ११ रन बनाएर र आरिफ शेख पनि आउट भएका छन् ।
नेपालले ६.२ ओभरमा २३ रन बनाएर खेलिरहेको छ । जारी विश्वकपमा नेपालको यो तेस्रो खेल हो । नेपालले यसअघिका दुई खेलमा पराजय ब्यहोरेको छ ।


