१ जेष्ठ २०८३, शुक्रबार 1778898505
विश्व

बंगलादेशमा प्रधानमन्त्रीको शपथ लिँदै तरिक रहमान

काठमाडौं । बंगलादेशमा आज नयाँ सरकार गठन हुँदैछ । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)का अध्यक्ष तारिक रहमानले आज प्रधानमन्त्रीको रूपमा शपथ लिनेछन् । फेब्रुअरी १२ मा सम्पन्न भएको आम निर्वाचनमा बीएनपीले २०९ सिट जित्दै गठबन्धनसहित २१२ सिटमा दुई तिहाइ बहुमत हासिल गरेको थियो ।

तारिक रहमानको शपथग्रहण समारोह भव्य रूपमा आयोजना गरिएको छ । शपथ कार्यक्रममा १२ सय स्वदेशी तथा विदेशी अतिथिहरू सहभागी हुने अपेक्षा गरिएको छ ।

समारोह राजधानी ढाकास्थित संसद भवनको साउथ प्लाजामा आयोजना हुनेछ । राष्ट्रपति मोहम्मद शहाबुद्दिनले नयाँ मन्त्रिपरिषद्का सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ ।