भक्तपुर । आगामी प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतको घरदैलो अभियानमा स्थानीय बासिन्दाद्वारा भव्य स्वागत गरेका छन् ।
आज बिहान मध्यपुरथिमि वडा नं. ८ मा आयोजित कार्यक्रममा बोडेका बासिन्दाले नेता बस्नेतलाई टीका, माला, खादा तथा दशीको सगुन खुवाउँदै विजयको आर्सीवाद समेत प्रदान गरे । स्थानीयहरूले विकासको दृष्टिकोण भएको नेता मात्र भोटका योग्य हुने बताए ।
तीन घण्टाको अभियानका क्रममा बस्नेतले स्थानीय बासिन्दासँग सडक, खानेपानी, ढल लगायतका समस्याबारे छलफल गरेका थिए । उनले बस्ती वा वर्गमा विभेद नगरी सबैको आवश्यकता र विकासलाई उच्च प्राथमिकतामा राख्ने बताए ।
उम्मेदवार बस्नेतले बोडेका ऐतिहासिक सम्पदा, कला र संस्कृतिको संरक्षण, पर्यटकको आकर्षण, होमस्टे विकास र घरमै रोजगारी सृजना गर्ने योजनाको समेत प्रतिबद्धता व्यक्त गरे । उनले मतदातालाई सूर्यमा मतदान गरी एमालेलाई विजयी बनाउन आग्रह गर्दै अधूरो विकासको काम पूरा गर्ने भरोसा दिलाएका छन् ।
बोडे क्षेत्रका स्थानीयहरूले विकासमुखी, जनताको पक्षमा र राष्ट्रियताको समर्थन गर्ने पार्टीलाई मात्र भोट दिने दृढता व्यक्त गरेका छन् ।


