३१ बैशाख २०८३, बिहिबार 1778811457
Banner

भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध अघि बढौँ : रवि लामिछाने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध अघि बढ्न आह्वान गरेका छन् ।

प्रजातन्त्र दिवसको शुभकामना दिँदै उनले प्रजातन्त्रको मर्मलाई आत्मसात गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

‘प्रजातन्त्रको मर्मलाई आत्मसात गर्दै भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध एकजुट भई सुशासन र समृद्धिको यात्रामा अघि बढौँ, प्रजातन्त्र दिवसको शुभकामना,’ उनले लेखेका छन् ।

साथै उनले बुधबार सुरु भएको रमजान महिनाको अवसरमा मुस्लिम समुदायलाई मुवारक भनेका छन् ।