काठमाडौं : दाङको घोराहीमा पिकअपको ठक्करबाट ६० वर्षीय धनबहादुर वलीको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-५ धारापानी जंगलस्थित सडकमा धर्नाबाट घोराहीतर्फ आउँदै गरेको रा१च १३६० नम्बरको पिकअपको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका-१७ डुरूवाका वलीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पिकअपको ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले पिकअप चालकलाई नियन्त्रणमा लिएको छ भने यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।


