काठमाडौं । निर्वाचनमा तीन दिन सार्वजनिक बिदा हुने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।


