भक्तपुर । नेकपा (एमाले) का सचिव एवं भक्तपुर क्षेत्र नं–२ का प्रतिनिधि सभा उम्मेदवार महेश बस्नेतले फागुन २१ ग्ते हुने प्रतिनिधिसभा निर्वाचनमा शासक बन्न नभई जनताको सेवक बन्नका लागि जनतामाझ आएको बताएका छन् ।
नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी गठ्ठाघरले आज आयोजना गरेको घरदैलो कार्यक्रममा उनले जनता माझ आफू सेवक बन्नका लागि आएको बताएका हुन् ।
मतदातामाझ मत माग्दै नेता बस्नेतले भने, ‘२०७४ सालको निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ का तपाई मतदाताहरुले मलाई मत दिएर विजयी गराउनु भयो, भक्तपुरमा पहिलो पटक विकासको आधिबेहरी ल्याएँ, बाटो नपुगेको ठाउँमा नयाँ बाटो बने, पुराना बाटो भएका ठाउँमा पक्कि बनाएँ, सबै खोलामा पुल बनाए, मठ मन्दिर, सम्पदा पुर्ननिर्माण भए, भूकम्पले भत्किएका विद्यालयहरु पुःर्ण निर्माण गरायौ, म पदमै नहुँदा पनि भूकम्पबाट घरबार बिहिन भएकाहरुलाई छतको व्यबस्था गरे, अहिले पनि म त्यसैगरि जनताको सेवा गर्न आएको हुँ, शासक बन्न होईन ।’
महाभूकम्पले घरबार बिहिनहरुलाई लत्ता, कपडा, ओढ्ने ओछ्याउने, खाद्यान्नदेखि हजारौ जस्ताको टहरा बनाएर छतको व्यबस्था गरेको स्मरण गर्दै उहाँले जनताको सेवाबाट आफू कहिल्य नभाग्ने र बिना स्वार्थ जनताको सेवामा आफ्नो जीवन समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले २०७४ देखि २०७९ सम्म आफू सांसद हँुदा गरेको विकासमा अझै अधूरा काम गर्न बाँकी रहेको स्मरण गद विगत तीन वर्षसम्म रिक्त भएको भक्तपुरको विकासलाई पूर्णता दिने मतदातामाझ प्रतिबद्धता व्यक्त गरे ।
उनले अब भौतिक पूर्वाधारको विकाससंगै सीप नभएकालाई सीप दिएर रोजगारीसंग जोड्ने, पर्यटनलाई रोजगारीसंग जोड्ने र शिक्षितहरुलाई शिक्षा अनुसारको रोजगारीमा आबद्धता गराउन आफूले सक्दो पहल गर्ने उनले बताए ।


