काठमाडौँ । गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी छ । बैठक आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेको बताइएको छ ।
केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा जारी बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको छ ।
बैठकमा विशेषगरी देशका विभिन्न भागमा भइरहेका पछिल्ला गतिविधि, निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौतिका विषयमा छलफल भइरहेको छ ।


