काठमाडौँ– बैतडीमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भएको छ । झडपमा परेर नेकपा एमालेका दुई जना कार्यकर्ता घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार डिलासैनी गाउँपालिका वडा न ७ को लेक टोलमा चुनाव प्रचारप्रसारको क्रममा दुवैपक्षबीच झडप भएको हो ।
झडपमा परी घाइते हुनेमा डिलासैनी– ७ घर भएका एमाले निकट युवा संघका जिल्ला सदस्य अन्दाजी २८ वर्षीय जनक धामी र सोही ठाउँका अम्दाजी २६ वर्षीय माधव धामी रहेको जिल्ला प्रहरी कार्यलय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
घाइते भएका जनकको टाउको र निधारमा चोट लागेको छ भने माधवको ढाड र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।


