काठमाडौँ : सुनसरीको इटहरी उपमहानगरपालिका–१० स्थित सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको ज्यान गएको छ।
प्र.१–०२–००१ क ४५०७ नम्बरको टिपरले प्र१–०२–०४४ प ११३२ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २८ वर्षीय अजय कुमार चौधरीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते उनको विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढीगंगा मोरङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


