काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलाको ५६ सय रुपैयाँले बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (फागुन १७) सुनको मूल्य ३ लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबारमा सुन प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा किनबेच भएको छ । यसैगरी, चाँदी १५ रुपैयाँले बढेर ५ हजार ७४० रुपैयाँ निर्धारण भएको छ । गत शुक्रबार ५ हजार ७२५ मा कारोबार भएको थियो ।


