काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको युद्धको आज पाँचौं दिन हो । यसैबीच, इजरायलले लेबनानमा इरान समर्थक लडाकू समूह हिजबुल्लाहविरुद्ध पनि आफ्नो सैन्य कारबाही तीव्र पारेको छ ।
लेबनानी अधिकारीहरूका अनुसार इजरायली आक्रमणमा हालसम्म ५० जनाको मृत्यु भइसकेको छ भने ३३५ जना घाइते भएका छन् ।
यसैबीच, इजरायल रक्षा बलले दक्षिण लेबनानका १६ गाउँ र शहरहरू खाली गर्न निर्देशन दिएको छ ।


