११ आश्विन २०८३, आइतबार 5:06 am
Banner

प्रधानमन्त्री कार्कीले काठमाडौं–५ मा गरिन मतदान

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।  मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू खुसी भएको बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु। तपाईँको प्रत्येक मत हाम्रो भविष्य निर्धारणका लागि महत्त्वपूर्ण छ। शान्तिपूर्ण निर्वाचनका लागि देखाउनुभएको संयम र समझदारीप्रति आभार।’