काठमाडौं । चितवन क्षेत्र नम्बर–३ मा निर्वाचनका लागि खटिएका कर्मचारीले भोट के मा हाल्नुभयो भन्दै मतदातालाई सोधेपछि पक्राउ गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार ती कर्मचारीलाई अहिले प्रहरीको नियन्त्रणमा राखिएको छ । उनी कार्यालय सहयोगी तहका कर्मचारी हुन् ।
उनले भोट दिइसकेका मतदातालाई केमा भोट दिनुभयो भन्दै सोधेको पाइएको अर्यालले बताए ।
यो चितवनको माडीको घटना हो । यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट रेनु दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सोबिता गौतम लगायत चुनावी प्रतिस्पर्धामा छन् ।


