३१ बैशाख २०८३, बिहिबार 1778794762
समाचार

निर्वाचन केन्द्रअगाडि पर्चा–पम्प्लेट देखाउने दुईजना प्रहरी नियन्त्रणमा

चितवन । निर्वाचन आचार संहिताविपरीत मतदान केन्द्रअगाडि निर्वाचन विरोधी पर्चा–पम्लेट देखाउने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भरतपुर महानगरपालिका–१० नारायणी नमुना मावि मतदान केन्द्रअगाडि निर्वाचनविरोधी पम्प्लेट प्रदर्शनका क्रममा नेकपा बहुमतनिकट कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

धादिङ गल्छी गाउँपालिका–१ घर भई हाल महानगरपालिका–७ बसोबास गर्ने वर्ष २९ का सुमन श्रेष्ठ र कालिका नगरपालिका–४ पदमपुर घर भई भरतपुर महानगरपालिका–१० बस्ने २१ वर्षीय किरण गौतम प्रहरी नियन्त्रणमा परेका हुन् ।

श्रेष्ठ नेकपा बहुमतको चितवन जिल्ला सेक्रेटरी र गौतम नेकपा बहुमत निकट विद्यार्थी संगठनको चितवन जिल्ला संयोजक हुन् । प्रहरीले उनीहरूको साथबाट एक थान मोबाइल र पर्चा–पम्प्लेट बरामद गरेको छ ।