काठमाडौं । काठमाडौं–३ मा राजुनाथ पाण्डेले मतान्तर बढाउँदै लगेका छन् ।
पछिल्लो प्राप्त मतपरिणाम अनुसार पाण्डेले ११ हजार १३८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले ६ हजार ६९९ मत प्राप्त गरेका हुन् ।
यस्तै, कांग्रेसका रमेश अर्यालले तीन हजार ८९८ पाउँदा एमालेका रामेश्वर फुँयालले एक हजार ९४४ मत ल्याउँदै चौथो स्थानमा छन् ।


