२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 11:08 am
समाचार

मुगुमा कांग्रेसको अग्रता कायमै, रास्वपा चौथो

सूचना प्रेस २०८२ फाल्गुन २४ आइतबार ००:००, १०:१४ बजे १ मिनेट पढाइ

मुगु । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर शाहीको अग्रता कायम रहेको छ । कांग्रेसका उम्मेदवार शाहीले ५ हजार ६१७ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् ।

नेकपा (एमाले)का उम्मेदवार पूर्णबहादुर रोकायाले ५ हजार १ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार चन्द्र बहादुर शाहीले २ हजार ४४० मत प्राप्त गरेका हुन् ।  राष्टिय स्वतन्त्र पार्टीका उम्मेदवार भुवन टमाटाले ३७१ मत प्राप्त गरेका छन् ।