गोरखा । गोरखा– १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुधन गुरुङले मतान्तर बढाएका छन् । अहिलेसम्मको मतपरिणामअनुसार गुरुङले २१ हजार ५५० मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले १२ हजार ६९९ मत ल्याएका छन् ।
गुरुङ खत्रीभन्दा ८ हजार ८५१ मतले अगाडि छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले ८ हजार १६८ मत प्राप्त गरेका छन् ।


