१५ श्रावण २०८३, शुक्रबार 1785550832
समाचार

निर्वाचनमा खराब मतपरिणाम आउनु दुखद : राप्रपा

काठमाडौँ : राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले आफ्नो पार्टीले मिहिनेत गरे पनि अपेक्षाकृत मत आउन नसकेको बताएका छन्।

उनले आफूहरूले मिहिनेत गर्दागर्दै पनि खराब प्रतिनिधसभा निर्वाचनमा खराब मतपरिणाम आउनु दुखद भएको बताए। ‘राप्रपाले मिहिनेत नगरेको पनि होइन, हाम्रो नेतृत्व भ्रष्ट र खराब पनि होइन, हामीले जनहित विपरीतका काम गरेको पनि होइन तथापि अपेक्षाकृत मत आउन सकेन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

यस्तै यो परिणामले दलहरूले आफ्ना एजेण्डाहरूमा पुनर्विचार गरेर अगाडि बढ्नुपर्ने सन्देख दिएको उनले जिकिर गरे। उनले भने, ‘ताजा जनादेशको स्पष्ट सन्देश : आफ्ना एजेण्डाहरूमा पुनर्विचार गर।’