१६ बैशाख २०८३, बुधबार 1777520999
विश्व

लेबनानमा नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टरमा हवाई आक्रमण

काठमाडौं । लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई हमला भएको छ ।

शुक्रबार दक्षिणपूर्वी लेबनानको अलजाबेलस्थित ब्लु लाइन नजिकै संयुक्त राष्ट्रसंघमार्फत खटिएको नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टरमा हमला भएको हो । घटनामा मानवीय क्षति नभएको बताइएको छ ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमा संयुक्त हमला गरी त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित शीर्ष अधिकारीहरूको हत्या गरेपछि मध्यपूर्वमा तनाव बढेको छ ।