काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जमा पाँचजना युवक बेपत्ता भएका छन् । सिकार खेल्न गएका सुर्खेतका ५ जना युवक सम्पर्कविहीन भएका प्रहरीले जानकारी दिएको हो । उनीहरू गत फागुन २३ गते सिकार खेल्न गएका थिए ।
प्रहरीका अनुसार बेपत्ता हुनेमा बराहताल गाउँपालिका-१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका-८ गंगटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन् ।
उनीहरू बेपत्ता भएको खबर ढिलोगरी आइतबार राति मात्रै प्रहरीले पाएको थियो । उनीहरूको खोजी थालिएको छ ।


