१६ बैशाख २०८३, बुधबार 1777478012
Banner

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित उनकै निवास पुगेका छन् ।

केहीबेरअघि पौडेल ओली निवास पुगेका हुन् । ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको हो ।

केहीदिनअघि ओलीलाई समवेदना दिन प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत विभिन्न दलका नेताहरू पुगेका थिए ।