४ आश्विन २०८१, शुक्रबार 1726889240
Banner

काठमाडौंमा थुप्रियो फोहोरको डङ्गुर, संक्रमण बढ्ने खतरा (फोटो फिचर)

काठमाडौं । काठमाडौंका चोक चोकमा थुप्रिएको फोहोर नउठाउँदा मुख्य सहरमा दुर्गन्ध फैलिएको छ । उपत्यकाका सडकछेउ, गल्ली र चोकमा थुप्रिएको फोहोरमैला नउठ्दा गर्मीको समय र अविरल वर्षाको समयमा सहरी क्षेत्रमा दुर्गन्धित भई जनस्वास्थ्यमा प्रतिकूल असर पर्नेतर्फ जनस्वास्थ्यविद्ले सजग गराएका छन्।

यसबाट झाडापखाला, विषम ज्वरो, हैजा, आदिका समस्या आउन सक्ने सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए। खासगरी गर्मी महिनामा फोहोर हुनु भनेको रोगहरुलाई थप बढावा दिनु हो, कोही संक्रमित भएमा त्यसको मलमूत्रबाट भान्छाघर र खानेपानीको माध्यमबाट संक्रमण फैलिने खतरा हुन्छ, उनले भने ।

काठमाडौं उपत्यकामा रहेका १८ वटा स्थानीय तहको फोहोर लैजाने जिम्मा पाएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह फोहोर ब्यवस्थापनका लागि निर्वाचित भएदेखि खटिएका छन्। समस्या समाधानका लागि स्थानीय सरकार, स्थानीयवासी र बागमती प्रदेशका मुख्यमन्त्रीसँग पनि मेयर साहले छलफल गरेपनि निश्कर्ष निस्कन समय लाग्ने भएकाले अझै कतिन्जेल फोहोर सडकमा देख्नुपर्ने यो यकिन गर्न सकिने अवस्था छैन । तस्विर मनिष मगर