२३ भदौ २०८३, मंगलबार 1788918436
Banner

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आगामी शुक्रबार दिउँसो १ बजे बस्नेगरी बैठक आह्वान गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

उनका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

बैठकका एजेन्डाबारे औपचारिक जानकारी गराइएको छैन। यद्यपि कांग्रेसले गत २१ फागुनमा भएको निर्वाचनको समीक्षा अहिलेसम्म गरेको छैन।

यसअघि बसेको कार्यसम्पादन समितिको बैठकपछि नेताहरूले आगामी केन्द्रीय समिति बैठकमार्फत निर्वाचन समीक्षा गर्ने बताएका थिए। उक्त बैठकले समानुपातिक सांसदहरूको छनोटसम्बन्धी निर्णय गरेको थियो।