१ मंसिर २०८३, मंगलबार Tuesday, 17 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 9:55 am
Banner

जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने

सूचना प्रेस २०८२ चैत्र ४ बुधबार ००:००, १४:४० बजे १ मिनेट पढाइ

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको अवस्थामा संसारको कुनै पनि शक्तिले त्यसलाई रोक्न नसक्ने बताएका छन्।

पार्टीको अभिमुखीकरण कार्यक्रम समापनका क्रममा बोल्दै उनले आफ्नो पार्टीले अपेक्षाभन्दा ठूलो जनसमर्थन प्राप्त गर्ने संकेत आफूलाई पहिल्यै भएको दाबी गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको अभिभावक हुनुमा गर्व महसुस भएको जनाउँदै उनले नेपाली जनताले ऐतिहासिक विश्वास प्रकट गरेको बताए।

लामिछानेले मुलुक परिवर्तनको चरणमा पुगेको उल्लेख गर्दै सही नेतृत्व र समूह भए परिवर्तन सम्भव हुने धारणा व्यक्त गरे।

‘जनताले परिवर्तन चाहेपछि त्यसलाई कुनै शक्तिले रोक्न सक्दैन, केवल सही नेतृत्व आवश्यक हुन्छ,’ उनले भने।

उनले दुईतिहाइ नजिकको सरकार बन्ने सम्भावना आफूले पहिले नै कल्पना गरेको पनि बताए। साथै, आफू सफलताको शिखरमा पुगे पनि यथार्थबाट टाढा नजाने उल्लेख गर्दै जनताको साथ निरन्तर रहने विश्वास व्यक्त गरे।