२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 6:29 pm
Banner

पूर्वप्रधानमन्त्री ओली पक्राउविरुद्ध एमाले जनसंगठनको सडक आन्दोलन चर्किंदै

सूचना प्रेस २०८२ चैत्र १४ शनिबार ००:००, १६:२१ बजे १ मिनेट पढाइ

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउविरुद्ध शनिबार बिहानैबाट काठमाडौंमा विरोध प्रदर्शन भइरहेको छ ।

एमालेको २३ वटा जनवर्गीय संगठनहरूले काठमाडौंको च्यासल, माइतीघर, बबरमहल क्षेत्रमा सरकारविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरूले माइतीघर क्षेत्रमा टायर बालेर प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज समेत गरेको छ । एमाले कार्यकर्ताहरूले प्रदर्शन जारी राखिरहेका छन् ।