३ आश्विन २०८१, बिहिबार 1726787579
Banner

युवा संघको प्रदर्शनमा प्रहरीको लाठी चार्ज

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले यातायात साधनको अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गर्ने चेतावनीपछि प्रदर्शन गरेको छ ।

मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा युवा संघका कार्यकर्ताहरुले सवारी साधनको इम्बोस्ड नम्बर प्लेटको अस्वाभाविक मूल्‍य र सरकारको अव्‍यवहारिक रवैयाविरुद्ध प्रदर्शन गरेको हो ।

उनीहरुले कालो ब्‍यानरमा ‘राष्ट्रघाती गोठालाहो, इम्बोस्ड नम्बर घोटाला हो’, लिपी मास्न पाइदैन, इम्बोस्ड नम्बर चाहिँदैन’ लगायतका नारा जुलुस प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले लाठीचार्ज गरेको छ ।

नयाँ बानेश्वरको एभरेष्ट होटल अगाडि युवा संघका कार्यकर्तामाथि प्रहरीले लाठी प्रहार गरेको हो ।

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघले गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीले सरकारी गाडी रोकेपछि प्रहरीले लाठीचार्ज गरेको हो ।