२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 1:39 pm
प्रदेश

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि

सूचना प्रेस २०८२ चैत्र २४ मंगलबार ००:००, ०९:०९ बजे १ मिनेट पढाइ

हेटौंडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आज बस्दैछ । हेटौंडा उपमहानगरपालिका परिसरमा रहेको सभाहलमा दिउँसो ४ बजे सभाको बैठक बस्न लागेको हो ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधान २०७२ को धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभा बैठक बोलाएका हुन् । प्रदेशसभा बैठक गत भदौ १७ र १८ गते बसेर मंसिर ६ गते अन्त्य भएको थियो ।