२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 5:47 pm
Banner

२५ वर्षीया रूबी बनिन् उपसभामुख

सूचना प्रेस २०८२ चैत्र २६ बिहिबार ००:००, १५:०८ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुर सर्वसम्मत चयन भएकी छिन् । २५ वर्षीया ठाकुरलाई सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समर्थन गरेपछि उनी सभामुख चयन भएकी हुन् ।

यद्यपि निर्वाचन प्रक्रियामार्फत आधिकारीक घोषणा हुन भने बाँकी छ । राप्रपाकी सरस्वती लामाले पनि उम्मेदवारी दर्ता गरेकी छिन् ।

यसअघि राप्रपाकी लामालाई रास्वपाले समर्थन गर्ने बताइए पनि अन्तिम समयमा ठाकुरलाई नै समर्थन गरेको हो । ठाकुलाई यसअघि नै काँग्रेस, एमाले र नेकपाले समर्थन गर्ने स्पष्ट पारिसकेका छन् ।