१६ बैशाख २०८३, बुधबार 1777524900
राजनीति

प्रधानमन्त्री बालेनले स्वास्थ्यमन्त्रीलाई गराए सचेत

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराएका छन् ।

श्रममन्त्री दीपककुमार साहले आफ्नी श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्ति दिँदा विभागीय मन्त्रीले ध्यान नपुर्‍याएको भन्दै रास्वपा सभापति रवि लामिछानेको सिफारिसमा प्रधानमन्त्री बालेनले सचेत गराएका हुन् ।

लामिछानेको सिफारिसमा प्रधानमन्त्री बालेनले श्रममन्त्री साहलाई पदमुक्त गरिसकेका छन् ।