काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने तयारी गरिएको छ। पत्थरीको समस्याले अस्पताल भर्ना भएका उनको सकेसम्म सोमबार नै शल्यक्रिया गर्ने तयारी रहेको त्रिवि शिक्षण अस्पतालका सहनिर्देशक गोपाल सेढाईंले जानकारी दिए।
ओलीलाई प्रहरीले चैत १४ गते बिहान पक्राउ गरेको थियो। त्यसयता उनी स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पतालमा छन्। सर्वोच्च अदालतको आदेश अनुसार सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार उनलाई हाजिर जमानीमा छाड्ने निर्णय गरेको थियो।


