काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ। पक्राउलगत्तै उनलाई काठमाडौंस्थित साइबर ब्यूरो लैजाने तयारी गरिएको श्रेष्ठले बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएका थिए। पन्तको परिवारले जग्गा कब्जा गरेको सम्बन्धमा प्रकाशित समाचारलाई लिएर उनले जाहेरी दिएको जनाइएको छ। बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएपछि श्रेष्ठ दोस्रोपटक पक्राउ परेका हुन्। यद्यपि, यसपटक उनलाई कुन जाहेरीका आधारमा पक्राउ गरिएको हो भन्ने विषयमा प्रहरीले स्पष्ट जानकारी दिएको छैन।

