काठमाडौँ : पाकिस्तानमा आज अमेरिका र इरानबीच युद्धविरामपछि पहिलो पटक वार्ता हुँदैछ। अमेरिकी उपराष्ट्रपति जेडी भान्स आज इस्लामावाद पुग्दै छन्।
अमेरिका र इरानबीचको वार्ताको मध्यस्थता गरिरहेको पाकिस्तान पनि वार्तामा सहभागी हुनेछ। यस बैठकमा अमेरिकाको तर्फबाट उपराष्ट्रपति जेडी भान्सको नेतृत्व रहँदा इरान तर्फबाट कस्ले नेतृत्व गर्दै छ भन्ने विषय खुलेको छैन।
यस वार्तालाई आगामी शान्ति प्रक्रियाका लागि निकै महत्त्वपूर्ण मानिएको छ। विश्वको ध्यान केन्द्रीत गरेको यो वार्ताअघि पाकिस्तान सरकारले इस्लामावादमा दुई दिन सार्वजनिक बिदा घोषणा गरेको छ।
यसअघि अमेरिकी सेनाको मिडल इस्ट कमाण्डले हिजो दाबी गरेको थियो कि यस युद्धमा इरानले ठूलो क्षति बेहोरेको छ। यस्तो झट्काको असर लामो समयसम्म रहने बताइएको थियो।
अमेरिकाको भनाइ अनुसार उसले आफ्ना साझेदारहरूसँग मिलेर इरानका विभिन्न ठेगानामा १३ हजारभन्दा बढी आक्रमण गरेको छ। अहिले युद्धविरामका कारण आक्रमण रोकिएको भए पनि अमेरिकी सेना अझै क्षेत्रमा तैनाथ छ र आवश्यक परे पुनः कारबाही गर्न सक्ने चेतावनी पनि दिएको थियो।
अर्को तर्फ इरानले वार्ताका केही सम्झौता उल्लंघन गरेको भन्दै अमेरिकालाइ चेतावनी दिएको थियो। उसले पूर्ण रुपमा युद्ध विराम सम्झौता पालना नभएको भन्दै इजरायललाइ रोक्न नसके पनु हर्मुज बन्द गर्ने चेतावनी दिएको थियो।


