१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 2:33 am
विश्व

कतारमा तीन नेपालीलाई आममाफी

सूचना प्रेस २०८२ चैत्र २७ शुक्रबार ००:००, १७:२७ बजे १ मिनेट पढाइ

काठमाडौं।  कतारले तीन जना नेपालीलाई आम माफी दिएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले रमदानको अवसरमा कतारले तीन नेपालीलाई आममाफी दिएको बताएका छन्।

आममाफी दिएपछि नेपालले कतारलाई धन्यवाद दिएको छ। लामो समयदेखिको नेपाल र कतारबीचको कुटनैतिक सम्बन्ध प्रगाढ रहेको बताउँदै नेपालीले पाएको आममाफीबाट थप प्रगाढ रहने नेपालले विश्वास गरेको छ।