२४ भदौ २०८३, बुधबार 1788948601
Banner

ओलीको पित्तथैलीमा रहेको पत्थरी निकाल्ने शल्यक्रिया सम्पन्न

काठमाडौँ : पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरी निकाल्ने शल्यक्रिया सम्पन्न भएको छ। शल्यक्रियापछि उनलाई अपरेसन थिएटरबाट वार्डमा सार्ने तयारी भइरहेको छ।

ओलीको सचिवालयका अनुसार शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। स्वास्थ्य अवस्थासम्बन्धी विस्तृत विवरण केहीबेरमै प्रेस नोटमार्फत सार्वजनिक गरिने अस्पतालले जनाएको छ।

उक्त शल्यक्रिया पित्तथैलीमा देखिएको पत्थरी हटाउने उद्देश्यले गरिएको हो। थप स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे अस्पतालले आधिकारिक विवरण सार्वजनिक गरेपछि स्पष्ट हुने अपेक्षा गरिएको छ।