काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो युरेनियमको भण्डार अमेरिकालाई हस्तान्तरण गर्न सहमत भएको दाबी गरेका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले दुई देश शान्ति सम्झौताको धेरै नजिक रहेको पनि बताए ।
राष्ट्रपति ट्रम्पले वार्ता राम्रोसँग अगाडि बढिरहेको र सम्झौताको सम्भावना उच्च रहेको बताए ।
ट्रम्पले सम्झौता भएमा तेल आपूर्ति पुनः सुरु हुने र हर्मुजको जलडमरूम खुला रहने बताउँदै अहिलेको अवस्था सामान्यतर्फ फर्कने पनि बताए ।
राष्ट्रपति ट्रम्पले शान्ति सम्झौता इस्लामाबादमा भयो भने आफूले पाकिस्तानको भ्रमण पनि गर्नसक्ने उनको भनाइ थियो ।


