काठमाडौं । १३ चैतमा प्रधानमन्त्रीमा नियुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)लाई हिजोआज आफ्नै पुराना फेसबुक पोस्टहरुले तनाव दिन थालेको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले अहिले उनले वर्षौँ पहिले लेखेका पोस्टहरु खोज्दै अहिलेको सरकारको काम कारबाहीप्रति प्रश्न उठाउँदै उनीमाथि प्रश्न गर्न थालेपछि प्रधानमन्त्री साहले पोस्ट नै हेर्न नमिल्ने या डिलिट नै गरेका हुन् ।
शनिबार बिहानैदेखि प्रधानमन्त्री साहको एक पुरानो पोस्ट फेसबुकको विभिन्न प्राइभेट ग्रुपहरुमा भाइरल भइरहेको थियो । त्यो पोस्ट सन् २०१९ जुन १३ को रहेको थियो ।


