३ भदौ २०८३, बुधबार 1787173641
Banner

राजनीतिक झगडामा अदालत गएर समाधान आउँदैन: एमाले नेता बास्कोटा

काठमाडौं : नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले राजनीतिक झगडामा अदालतले समाधान दिन नसक्ने बताएका छन् । कांग्रेसको आधिकारिकता विवाद सम्बन्धमा सर्वोच्च अदालतबाट भएको फैसलालक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘अन्य झगडामा न्यायका लागि अदालत जानु स्वाभाविक नै हो।राजनीतिक झगडामा राजनीतिक दल अदालत गएर पनि समाधान आउँदैन। नेकपा मिल्यो, झगडा परो, अदालत धाए अदालतले निर्णय दिए पनि फेरि मिलेनन् झर्याम्म झुरुम सिसा झैँ चकनाचुर भए,’ उनले भनेका छन् ।

नेता बास्कोटाले राजनीतिक एकता कानुनले नभएर नियतमा निर्भर हुने पनि उल्लेख गरेका छन् । उनले अब कांग्रेस रबर हुने हो कि शिसा ? भन्दै फुटको संकेत समेत गरेका छन् ।