काठमाडौं । नेपाल विद्यार्थी संघले सिंहदरबारभित्रै प्रदर्शन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रिपरिषद बैठक चलिरहेका बेला सिंहदबारभित्र नेविसंघका कार्यकर्ताहरूले गृहमन्रीको राजीनामा र मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका केहीलाई प्रहरीले पक्राउ गरेको छ ।


