२८ असार २०८३, आइतबार 1783903255
Banner

आज नेकपा एमालेको ७७औँ स्थापना दिवस, अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीहरुले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) को ७७औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।

विक्रम संवत २००६ साल वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने संस्थापक नेताहरुमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ रहेका थिए । नेकपाको स्थापनासँगै मनमोहन अधिकारी, तुलसीलाल अमात्य, केशरजंग रायमाझी लगायतका नेताहरु पनि जोडिएका थिए ।

नेपालमा जहानियाँ राणा शासन चलिरहेका बेला भूमिगत रुपमा स्थापना भएको नेकपाले सामान्तवाद, दलाल–नोकरशाही पुँजीवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य लिएको थियो ।

स्थापनाको ८ दशक पुग्न लाग्दा पटकपटक कम्युनिस्टले नेपालमा शासनसत्ता चलाए पनि श्रृंखलावद्ध टुटफुट र सत्ताकेन्द्रित राजनीतिले कम्युनिष्ट आन्दोलन धरापमा परेको टिप्पणी हुँदै आएको छ । नेकपा स्थापना दिवसको अवसरमा नेकपा एमालेले आज विशेष कार्यक्रमको आयोजना गर्दैछ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो २ बजे सुरु हुने विशेष कार्यक्रमलाई पार्टी अध्यक्ष केपी शर्माले सम्बोधन गर्ने तयारी रहेको छ ।