बाजुरा । बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका वडा नम्बर ६ बस्ने २८ वर्षका पदम ल्वारको भीरबाट लडेर मृत्यु भएको हो । सोही वडामा आफन्तको घरमा बिहे भोजमा गएका युवक सोही दिन घर फर्किन्छु भनी हिँडेका उनी बेलुकादेखि सम्पर्कविहीन भएका थिए ।
खोजी कार्य गर्दा भीरको तल मृत अवस्थामा भेटिएको प्रहरी जनाएको छ । ल्वारको शव अहिले पोस्ट मार्टमका लागि जिल्ला अस्पतालमा ल्याएको छ । यस घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


