२० जेष्ठ २०८३, बुधबार 1780504754
Banner

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी

काठमाडौँ-प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक सुरु भएको छ। 

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आजको बैठकमा विभिन्न राजनीतिक दलहरूले उपलब्ध गराएका लिखित धारणाका आधारमा पहिचान गरिएका संविधान संशोधनका मुद्दाहरूका बारेमा विस्तृत छलफल हुने बताइएको छ। 

यसका साथै कार्यदलले आगामी दिनमा गर्ने कामकारबाही र प्रस्तावित कार्ययोजनाका विषयमा पनि बैठकमा छलफल हुने कार्यसूची छ ।